-सविना श्रेष्ठ
प्रेम आफैँ आफैँ नै हुन्छ भन्थे
मुटुले मुटुलाई नै छुन्छ भन्थे।
उखाने मेरा हजुर 'बा' ले उ बेला
एक रुँदा अर्को पनिपो रुँन्छ भन्थे।
खै अचेल कलियुगपो लागो क्यारे
कलिले छुँदा पाप कुरा बुन्छ भन्थे।
होकि क्याहो बरै भर्खर बुझ्दैछु म
धेरै पाप गरे भित्र भित्रैपो कुन्छ भन्थे।