तीन पुस्ते माया

<span class='c1'>तीन पुस्ते</span> <span class='c2'>माया</span>

-रञ्जुश्री पराजुली
हजुरबादेखी नातिसम्म तेस्रो पुस्ता हुन्छ
यिनका बीच माया पनि अति धेरै हुन्छ
कुरा गर्दै रमाउँदै
यिनी सङ्गै खेल्छन्

कहिले खेल्छन् उखान टुक्का
कहिले गाउँखाने कथा
संम्झी स्कुल पाठ झट्ट पढ्न थाली हाल्छन्
नाति नातिनी दुबै प्यारा बाजे बोजुका
आँखाका नानी समान
अमुल्य र महान
त्यसैले तिनी भन्छ्न्
केटाकेटी घरकागहना
भित्र बाहिर शून्य
तिनी नभएमा
कहिले गर्छन् हल्लाखल्ला
कहिले मौन शान्त
गृहकार्य गर्ने बेला सौम्य र शान्त
केटाकेटी चन्चले
घुम्न जाउँ भन्छन्
बजारमा घुन्दा खेरी तिनका मन रमाउँछ
मिठाई चकलेट खाने
तिनको ईच्छा हुन्छ
हजुरबा कुरो बुझी मिठाई किनिदिन्छन्
सबैलाई पुग्ने गरी घरमा ल्याई दिन्छन्
सुत्ने बेला तिनलाई
कथा सुन्नु पर्छ

रमाईला कथा सुने निन्द्रा परिहाल्छ
हजुरआमासँगै बसी राम्रा कथा भन्छिन्
कथा सुन्दै नानीबाबु
मस्त निदाई हाल्छन्

हाल अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्