बिजुली खरिद–बिक्री सम्झाैता गर्न नआएका प्रवर्द्धकलाई प्राधिकरणले रोलक्रमबाट हटायो

बिजुली खरिद–बिक्री सम्झाैता गर्न नआएका प्रवर्द्धकलाई प्राधिकरणले रोलक्रमबाट हटायो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिजुली खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ ।

तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न नभएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।

आवश्यक कागजात नबुझाएका ती आयोजना धेरैजसाे नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कुल क्षमता दुई सय १५ मेगावाट छ । राेलक्रमबाट हटाइएकामा माथिल्लो त्रिशूली दोस्रो एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् । ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छ वटा आयोजनाका प्रवर्द्धकलाई पीपीए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ । प्राधिकरणले अबकाे १५ दिनभित्र प्राधिकरणमा सम्पर्क राख्न सूचित गरेको छ ।

प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३० औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रिड 'कनेक्सन एग्रिमेन्ट' को रोलक्रमका आधारमा पीपीए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्