मेयर बालेनले भने,’श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय छ’

मेयर बालेनले भने,’श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय छ’

विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताएका छन् ।

शुक्रबार धरान उत्सवको उद्घाटन कार्यक्रमा बोल्दै मेयर शाहले यस्तो बताएका हुन् ।

धरान धेरै कुरमा अनुकरणीय भएको बताउदै उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि भएको बताए । धरानका मान्छेहरुले सरकारको बजेटविना बाटो बनाउँछ भन्ने सुनउको बताउदै उनले भने,‘सडक सुकिलो राख्छन्, हिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ।’

उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिँदै भने,‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्