सर्लाहीको बरहथवा घटना छानबिन गर्न समिति गठन

<span class='c1'>सर्लाहीको बरहथवा घटना छानबिन</span> <span class='c2'>गर्न समिति गठन</span>

काठमाडौं । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन गरेको हो ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी समिति सदस्य छन् ।
सर्लाहीको बरहथवा-५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा शुक्रबार बरहथवा-६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । घटनापछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेको थियो ।

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्