राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेवि कार्की

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेवि कार्की

विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रले चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेका लागि ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।

फागुन २१ गते कार्यकाल सकिन लागेका नेपाली काँग्रेसका रमेशजंग रायमाझी र माओवादीका विना पोखरेलको स्थानमा चुनाब हुन लागेका हो । कोशीका २ सहित १९ स्थानको लागि राष्ट्रियसभाको चुनाब हुँदैछ । जसमा माओवादीले ६ जना उम्मेदवार उठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्