राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् ।

देशका सातवटै प्रदेशमा खडा गरिएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार, आज मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध भोलिसम्म दाबी, विरोध तथा उजुरी दिन सकिनेछ ।

यस्तै, २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्