उसु प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानलाई

उसु प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानलाई

विराटनगर । धरान उत्सव २०८० को अवसरमा आयोजित कोशी प्रदेश स्तरीय उसु क्वान जुनियर सान्सौ प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको छ।

धरान ९ स्थित धरान कभर्ड हलमा भएको प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको हो।

त्यसैगरी विराट उसु क्वान द्वितीय र इटहरी पाइलुङ्ग उसु क्वान तृतीय भएको आयोजकले जनाएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगितामा ९ वटा टिमबाट १५० जना भन्दाबढी खेलाडीको सहभागीता रहेको थियो।

विजेता खेलाडीहरुलाई प्रमाणपत्र र मेडल उसु संघका केन्द्रीय सदस्य राजेन्द्र राई, धरान उपमहानगरपालिकाका शाखा अधिकृत गणेश प्रसाद खतिवडा लगायतले वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्