सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा ८ ले वर्षौँदेखि लालपुर्जा विहीन अवस्थामा रहेका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।
वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हाे ।
यसै क्रममा नगरप्रमुख, उपप्रमुख, भूमि आयाेग अध्यक्षसहित नगरका विभिन्न क्षेत्रकाे अव्यवस्थित बसाेबास रहेकाे स्थानकाे अवलोकन समेत गरिएको छ ।
उक्त वडामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएकाले ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले जानकारी दिएका छन् । निस्सा वितरण गर्दै लालपुर्जाको प्रक्रिया सुरू भएकोले यसलाई चाडैं टुङ्गोमा पुर्याउने गरि नपाले प्राविधिक कर्मचारी व्यवस्था गरेर भएपनि यस सम्बन्धि कार्य सम्पादन गर्ने गरि लागि रहेकाे नगर प्रमुख गुरागाईले बताए । उनले निस्सा वितरण पछि प्रकृयाकाे चरणमा अघि बढेकाेले अब फिल्ड नापजाँच गरिने उल्लेख गरेका छन् ।