कोशी प्रदेश : सभामुखको टुंगो लगाउन दलहरू बैठकमा

कोशी प्रदेश : सभामुखको टुंगो लगाउन दलहरू बैठकमा

विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन यतिबेला दलहरु बैठक बसिरहेका छन् ।

कोशी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस संसदीय दलको र प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ ।

बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।

एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । आज बस्ने संसदको बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्