माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति ?

माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७९-८० बाट प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ । कम्पनीले २०७७ कार्तिकमा कर्मचारी, सामूहिक लगानी कोषहरु र तथा सर्वसाधारणंका लागि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्