विराटनगर । पाँच महिनादेखि रिक्त रहेको कोशी प्रदेससभाले मंगलबार सभामुख पाउने निश्चित भएको छ ।
राजनीतिक उत्तरचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्याकालमा तीनजना सभामुख पाउने भएको छ ।
प्रदेशसभा गठन भएपछि अघिल्लो कार्याकालमा प्रदिपकुमार भण्डारी सभामुख थिए । भने दोश्रो प्रदेससभाको एक वर्षको अन्तरालमा दुईजना सभामखु पाए । साउन १६ गते मुख्यमन्त्री उद्धव थापाको सरकारलाई समर्थन दिन माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिएका थिए ।
गौतमको राजीनामासँगै रित्तो रहेको सभामुख पदका लागि लामो रस्साकस्सीपछी कोशी प्रदशसभामा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख हुने भएका हुन् ।
सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार हुन लागेका विष्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गरेपछि निर्बिरोध हुने भएका हुन् ।