सुन्दरहरैँचामा प्याब्सन स्थापना दिवसमा कपडा वितरण तथा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

<span class='c1'>सुन्दरहरैँचामा प्याब्सन स्थापना दिवसमा कपडा वितरण</span> <span class='c2'>तथा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कमिटीले ३३ औं प्याब्सन स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ ।

स्थापना दिवसकाे अवसरमा प्याब्सन नगर कमिटीले सरस्वती आधारभूत विद्यालय सुन्दरहरैँचा २ का ५८ जना सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई जाडाेमा न्यानाे कपडा वितरण गरेकाे प्याब्सन नगर कमिटी अध्यक्ष दिपेन राईले जानकारी दिए । उनले स्थापना दिवसकाे अवसर पारेर सम्मान तथा दिप प्रज्ज्वलनकाे कार्यक्रम समेत गरिएको उल्लेख गरे ।

प्याब्सनकाे स्थापना दिवसकाे कार्यक्रममा एसईइ २०७९ मा उत्कृष्ट 'जीपीए' ल्याउँने सिद्वार्थ सेकेन्डरीका साैरभ बुढाथोकी तथा ज्ञान ज्याेति इङलिस स्कुलका संस्कृति दाहाललाई नगद , दाेसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख लिला ओझा थिइन् । कार्यक्रममा वडा अध्यक्ष विवश प्रधान, प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की , काेशी प्याब्सन कमिटी उपाध्यक्ष अर्जुन बस्नेत , नगर प्याब्सन कमिटीका सल्लाहकार गाेविन्द कार्की,देवी सिटौला लगायत प्याब्सनका पदाधिकारी,सदस्य साथै शिक्षासेवीकाे सहभागिता रहेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्