मिडल्सब्रगसँग चेल्सी१-० गोल अन्तरले पराजित

मिडल्सब्रगसँग चेल्सी१-० गोल अन्तरले पराजित

काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ ।

गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो ।

उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो। अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २-० को जित निकाल्दा मात्रै फाइनल पुग्छ । बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन ।

उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ । दोस्रो खेल २४ तारिखमा हुने छ । सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभपुल खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्