‘तपस्वी’ राम बहादुर बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद

‘तपस्वी’ राम बहादुर बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद

काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ ।

हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकको रहेको अनुसन्धानमा खटिएका अधिकृतले बताएका छन् । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्