एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने

<span class='c1'>एनआईसी एशिया बैंकको नयाँ ब्याजदर</span> <span class='c2'>सार्वजनिक, माघदेखि ब्याजदर घट्ने</span>

काठमाडौं । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ । बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएको हो ।

त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहने जनाएको छ । पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो ।

बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्