कोशी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने

कोशी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने भएका छन् ।

कोशीका प्रहरी प्रमुख डिआइजी रोजेशनाथ बाँस्तोलाको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौमा सरुवा भएको छ ।

कोशी प्रदेशको डिआइजी भएर आउने खापुङ २०५० सालमा प्रहरी निरिक्षकबाट सेवामा प्रवेश गरेका हुन् । उनले अपराध महाशाखा केरकारमा पनि प्रहरी निरिक्षक भएर कार्यभार सम्हालिसकेका छन् । २०६४ मा डिएसपीमा बढुवा भएका खापुङले काठमाण्डौमा विभिन्न वडागत युनिटहरुमा पनि सेवा प्रदान गरिसकेका छन् । २०७४ सालमा एसपीमा बढुवा भएका उनी जिल्ला प्रहरी कार्यालय बागलुङमा सबेका थिए । २०७७ सालमा एसएसपी बनेका उनी उपत्यका महाशाखा हुँदै बागमती प्रदेश प्रहरी कार्यालयमा बसेका थिए ।

उनी गत वैशाखमा डिआइजीमा बढुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्