नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढ्यो

नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा लगातार सुधारको क्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ९ दशमलव ५० अंक बढेको छ । आज ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ ।

बुधबार एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३०१ कम्पनीको कारोबार भएकोमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । तर, पाँच कम्पनीको सेयर मूल्यमा सर्किट स्तरमा कारोबार भएको नेप्सेले जनाएको छ ।
१३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, हाथवे इन्भेस्टमेन्ट लगायत अगाडि छन् । सोनापुरको ३२ करोड ७८ लाख र रिलायबल लाइफको २८ करोड ८७ लाखको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्