नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट दाङ तुलसीपुर-५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडियो देखाएर ७ लाख रुपैयाँ लगेका थिए । तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फेरि फर्किएनन् ।

त्यसपछि सुरेन्द्रको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्यम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ नगद र एक थान मोवाइल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्