काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।