अनलाइनमा जुवा खेलाउने तीन जना पक्राउ

<span class='c1'>अनलाइनमा जुवा खेलाउने</span> <span class='c2'>तीन जना पक्राउ</span>

काठमाडौं । अनलाइनमार्फत् जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई अनलाइनमार्फत् जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ताराप्रकाश साँवाको छोरा २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती घर भई हाल अनामनगर बस्ने नवराज कार्कीको छोरा २१ वर्षीय निशानराज कार्की र सर्लाही बरहथवा घर भई हाल भक्तपुरको सुर्यविनायक बस्ने नारायण गौतमको छोरा २५ वर्षीय निशान गौतम रहेका छन् ।

उनीहरूलाई पक्राउपछि बुधबारै थप कारबाहीकालागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पुजन, निशानराज र निशानले अनलाइनका विभिन्न एपहरूमार्फत् हारजित हुने र आम्दानी हुने भन्दै सट्टेबाजी गराई खेल खेलाउने गरेका थिए ।

प्रहरीले त्यस्तो कार्यमा प्रयोग हुँदै आएको ल्यापटप र मोवाइलसमेत उनीहरूबाट बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्