सुनसरीमा हात्तीको आक्रमणमा वृद्धको मृत्यु

<span class='c1'>सुनसरीमा हात्तीको आक्रमणमा</span> <span class='c2'>वृद्धको मृत्यु</span>

विराटनगर । जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा बिहीबार एकजनाको मृत्यु भएको छ ।

सु्नसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणमा परी स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगलबाट घाँस लिएर फर्कने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । केही सातायता सुनसरी, मोरङ र झापामा जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

तीन साता यता यी तीन जिल्लाका कम्तीमा सातजनाको हात्तीको आक्रमणमा परी ज्यान गइसकेको छ । समूहमा रहेका हात्तीहरु गाउँ प्रवेश गरी घरसहित धनमाल नष्ट गर्ने, बाली नाली खाइदिने गरेपछि गाउँलेले रातभरि जाग्राम बसेर हात्ती धपाउने गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्