झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

<span class='c1'>झापामा सहकारीको ७०</span> <span class='c2'>अर्ब पुँजी परिचालन</span>

बनियानी (झापा) । झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।

“सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताउनुभयो ।

पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो । अध्यक्ष ढकालले भन्नुभयो, “ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनु पर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।” झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् ।

“स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ”, सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भन्नुभयो । झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६-६, चिया र उपभोक्ता चार-चार, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले बताउनुभयो । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्