तराईमा हुस्सु र कुहिरोः यातायात र हवाई सेवा प्रभावित हुन सक्ने

<span class='c1'>तराईमा हुस्सु र कुहिरोः यातायात र</span> <span class='c2'>हवाई सेवा प्रभावित हुन सक्ने</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असर तथा चिसोबाट बच्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्