सकारात्मक लयमा अर्थतन्त्रः शोधानान्तर स्थिति २ खर्ब बढी बचतमा

<span class='c1'>सकारात्मक लयमा अर्थतन्त्रः शोधानान्तर स्थिति</span> <span class='c2'>२ खर्ब बढी बचतमा</span>

काठमाडौं । चालु आर्थिक वर्षको पाँच (मंसिर) महिनामा शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधानान्तर स्थिति बचतमा रहेको देखाएको हो ।
आयात ३ं४ प्रतिशत, निर्यात ६.१ प्रतिशत तथा व्यापार घाटा ३.१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी मूल्यवृद्धि घट्नु र विदेशी मुद्रा सञ्चिति बढेका कारण शोधानान्तर स्थिति बचतमा गएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार, वार्षिक बिन्दुगत आधारमा मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ ।
मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा राखेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा कार्तिकको तुलनामा मंसिरमा दैनिक उपभोग्य सामानको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ भने पाँच महिनामाको अवधिमा चालू पुँजी खर्च ४ खर्ब ५३ अर्ब र राजस्व परिचालन ३ अर्ब ६३ अर्ब ४३ करोड रहेको छ । यस अवधिमा विस्तृत मुद्राप्रदायक ४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४.४ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ६ करोडले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्