-रज्जु बिडारी"काली"
दुई किनाराको अब मेल होला र कतै ?
यादहरु भन्दा साघुरो जेल होला र कतै ?
आफ्नाको खुसीको लागि सधैं हार्नु पर्ने ,
प्रेम भन्दा नि कठिन खेल होला र कतै ?
जिन्दगीको सपनाहरु सबै बगाई लाने ,
आशुको भन्दा ठुलो भेल होला र कतै ?
आशा छ भर छैन आउछ भनी निर्मोही ,
प्रतीक्षा भन्दा नि लामो रेल होला र कतै?
छेपारोझै रंग बदल्दै मुखले ठिक्क पार्ने।
त्यो बोली भन्दा चिप्लो तेल होला र कतै?
धार्के,धादिङ ।