-लालीमाया थापा मगर
जीवनमा आउनेहरु पनि आउँछ जान्छ
एकछिन् हसाउँछ फेरी रुवाउँछ जान्छ
चाहिने बेला रहेछ नम्र भएर मिठो बोल्ने
अरु बेला त तीतो वचन लगाउँछ जान्छ
बाठो भएर दिमाग चलाउन न जान्नेहरू
उल्टै बनाएको संरचना भत्काउँछ जान्छ
साँचो प्रेमी हुन् जीवन बिताउन खोज्नेहरु
स्वार्थ पूरा गर्नेहरु त रात बिताउँछ जान्छ
परदेश गएको छोरो बाकसमा फर्किएपछि
घर परिवार नै शोकाकुल बनाउँछ जान्छ ।।