श्रीपेचवाला

<span class='c1'>श्रीपेचवाला</span> <span class='c2'></span>

-केशव रिजाल
ऊ हुरीको बेगमा आयो
र कराउन थाल्यो
“आऔं भत्काऔं पुराना भित्ताहरु
घरहरु, मन्दिरहरु
फ्याकौं पुराना सामान सबै
केही नछुटोस् है फेरि
अब नयाँ देश
नयाँ नेपाल बनाउनु पर्छ”
अनी
झ्वाट्ट निकाल्यो पेस्तोल
र
ड्यांग ड्यांग
पड्कायो आकाश तिर !

म तर्सें, डराएँ, आत्तिएँ
एकछिनको लागी !
ऊ फर्क्यो आदेश दिएर !
मैले सम्झेँ
“हामी त आफ्नो पूर्खा बिर्सने
पशु हैनौं
हामी आफैँ हौं पुर्खाको धरोहर
अहँ ! नयाँ चाहिदैन
हामीलाई त प्राचीन देश चाहिन्छ
पूर्खाको रगतको खोलासँग साटेको
गौरवशाली माटो चाहिन्छ !”

मैले पुर्खा सम्झें
खुकुरी छोएर प्रण गरें
“म भत्किन दिन्न मेरो देश
म भत्काउन दिन्न पर्खालहरु
अनि
खोज्न हिँडे पर कतै
शान्तिकासाथ बसिरहेका
श्रीपेचवालालाई !!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्