श्रीपेचवाला

<span class='c1'>श्रीपेचवाला</span> <span class='c2'></span>

-केशव रिजाल
ऊ हुरीको बेगमा आयो
र कराउन थाल्यो
“आऔं भत्काऔं पुराना भित्ताहरु
घरहरु, मन्दिरहरु
फ्याकौं पुराना सामान सबै
केही नछुटोस् है फेरि
अब नयाँ देश
नयाँ नेपाल बनाउनु पर्छ”
अनी
झ्वाट्ट निकाल्यो पेस्तोल

ड्यांग ड्यांग
पड्कायो आकाश तिर !

म तर्सें, डराएँ, आत्तिएँ
एकछिनको लागी !
ऊ फर्क्यो आदेश दिएर !
मैले सम्झेँ
“हामी त आफ्नो पूर्खा बिर्सने
पशु हैनौं
हामी आफैँ हौं पुर्खाको धरोहर
अहँ ! नयाँ चाहिदैन
हामीलाई त प्राचीन देश चाहिन्छ
पूर्खाको रगतको खोलासँग साटेको
गौरवशाली माटो चाहिन्छ !”

मैले पुर्खा सम्झें
खुकुरी छोएर प्रण गरें
“म भत्किन दिन्न मेरो देश
म भत्काउन दिन्न पर्खालहरु
अनि
खोज्न हिँडे पर कतै
शान्तिकासाथ बसिरहेका
श्रीपेचवालालाई !!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्