अनुभव रहेछ जिन्दगी

<span class='c1'>अनुभव रहेछ</span> <span class='c2'>जिन्दगी</span>

-शरद प्रधानाङ्ग
यो दुनियाँलाई
बुझ्न धेरै नै रहेछ गाह्रो
जति जति बुझ्दै गयो
झन् झन् हुन्छ साह्रो

समिपमा देखिएको
क्षितिज जस्तै धेरै दुरी टाढा
अनुभव रहेछ जिन्दगी
कहिलो समिप कहिले गाढा

स्वार्थका लागि यहाँ
दुनियाँको सामु झुकिदिन्छ
अनि स्वार्थ पुर्ती भएपछि
खै किन नजरबाट लुकिदिन्छ

कतै सगरको उचाई
अनि कतै सागरको गहिराई
रहेछ जिन्दगी पनि यस्तै
कहिले मित्रता कहिले लडाई

धन सम्पत्ति हुँदा
नाता केलाएर आउँछन् कैयौं
कहिले गोरू बेचेको नाता
साईनो लगाउँदै धाउँछन् कैयौं

चोट अनि पीडाहरूमा
मात्र चिनिन्छ यहाँ मानवियता
को आफन्त अनि को पराई
जोखिन्छ परिक्षणमा आत्मियता

झरेपछि त डालीबाट
फूल पनि हुँदो रहेछ पतझर
बाँचुन्जेल गर्छन् अहम्
मरेपछि मिल्छ माटोमा समथर।

विराटनगर - ७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्