चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

-डा.देवी पन्थी
नेपाली साहित्यकार विश्व संजाल छ
विधाको अभ्यास दैनिक खालखाल छ।

हाम्रो यो पाठशालाको कुनै रङ्ग छैन
यसमा अटाएको सम्पूर्ण नेपाल छ।

रवि गजल, सोमबार चारु , बाछिटा
मंगलबार गद्य कविता बबाल छ ।

बुध मुक्तक संँगसँगै मिठो खोरिया
बिहीवार शास्त्रीय छ्न्दको कमाल छ।

शुक्रबार सुमधुर गीतको छ पालो
शनि लघुकथा र हाइकुको चाल छ।

अनुशासन मान्ने उपस्थित रहन्छन्
भङ्ग गर्नेलाई कारबाही तत्काल छ।

स्पन्दनले बनाएको यो चोखो भाँडोमा
पौस्टिक अनेक थरीथरीको दाल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्