काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र निमार्ताहरुले लेखकहरुबाट आएको विषय वस्तुलाई फिल्ममा उतार्न सके मौलिक र आफ्नै माटोको कथाआउन सक्ने बताएका छन् ।
शुक्रबार ‘बोल्दैन फोटो’ कृति सार्वजनिकीकरण र देउराली सम्मान २०८० समारोह माउनले अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको भएको भन्दै पुस्तकहरुबाट मौलिकतामा आधारित फिल्म बन्न सक्ने बताए । उनले भने, ‘अहिले चलचित्रहरुको विष यवस्तु एउटै प्रकारको हुन्छ, अमेरिका जाने, साउदी जाने दुःखपाउने यस्तो मात्रै हुन्छ । तर यो बाहेक अन्य पनि धेरै विषय वस्तुहरु हुन सक्छन् । चलचित्र निर्माताहरुले सच्चा लेखकहरुसँग सम्पर्क राख्नुपर्छ । लेखकहरुबाट आएको विषय वस्तुलाई फिल्ममा उतार्न सक्ने हो भने राम्रो, मौलिक र आफ्नै माटोको कथा आउन सक्छ ।’
कार्यक्रममा पुस्तकका लेखक प्राडा.रामप्रसाद दाहालले पुस्तकमा हिमाली जनजीवन र त्यहाँका मानिसको व्यवहार कस्तो छ भन्ने कुरालाई विषय वस्तु बनाएर राखेको बताए । हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन होस भन्ने सोचमा पनि यो कृति आएको बताए ।