सत्ता गठबन्धन समन्वय समिति बैठकका निर्णय सार्वजनिक

<span class='c1'>सत्ता गठबन्धन समन्वय समिति</span> <span class='c2'>बैठकका निर्णय सार्वजनिक</span>

काठमाडौं । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

शनिबार नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखको संयोजकतवमा बसेको समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्दै मतदातालाई चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म खटिन निर्देशन दिने निर्णय गरेको छ । अगामि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ सदस्य पदका लागि गठबन्धन दलहरू कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट २ र जसपाबाट एक जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्