आयोगले दियो राष्ट्रियसभा निर्वाचन उम्मेदवारलाई चुनाव चिह्न

आयोगले दियो राष्ट्रियसभा निर्वाचन उम्मेदवारलाई चुनाव चिह्न

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार नै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी कूल ५१ जना उम्मेदवारको यही पुस २३ गते उम्मेदवारी मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्