काठमाडौं महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

<span class='c1'>काठमाडौं महानगरले ४ हजार युवालाई</span> <span class='c2'>साइबर सेक्युरिटी तालिम दिने</span>

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो ।

गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप साइबर सेक्युरिटीमा मात्रै ४ हजार जनशक्ति उत्पादन गर्न लागिएको हो । साइबर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ ।

महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’ गएको बर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले बताए ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन । ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाई अरुले दुरुपयोग गरिरहेको हुनसक्छ । कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ,’ उनले भने ।

तालिम माघ २ गतेबाट सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्