प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : एपीएफको विजयी सुरुवात

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : एपीएफको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय टोली एपीएफले विजयी सुरुवात गर्दा बागमती प्रदेशले भने लगातार दोस्रो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा एपीएफसँग बागमती प्रदेश ८९ रनले पराजित हुनपुग्यो ।

एपीएफले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो । जवाफमा बागमती प्रदेश १५२ रनमा समेटिन पुग्यो ।
सुरुदेखि नै दबाबमा आएको बागमती प्रदेशका लागि कप्तान रित गौतमले अर्धशतक प्रहार गर्दा आशुतोष गररियाले ४१ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन् । आशुतोष र इशान पाण्डेले बागमतिको ओपनिङ गरेका थिए ।

टिमको स्कोर ११ रन हुँदा इशान पाण्डे खाता नै नखोलेर पभेलियन फर्किए पछि विकेट पतनको शृंखला सुरु भएको थियो ।
त्यसपछि आशुतोष र कप्तान रित मिलेर अघि बढाएका थिए । दोस्रो विकेटको रुपमा आशुतोष व्यक्तिगत ४१ रन जोडेर आउट भएका थिए । उनले ५ चौका प्रहार गरे । तेस्रो विकेटका रुपमा आउट भएका विवेक मगरले १५ रन जोड्दा चौथो विकेटको रुपमा कप्तान रित गौतम आउट भए । उनले ६० रनको अर्धशतकीय पारि खेल्दा ८ चौका प्रहार गरेका थिए । त्यसपछि रविन जोशीले नटआउट २० रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।
बागमतिलाई रोक्नेक्रममा नेपाली टिमका र एपीएफका कप्तानसमेत रहेका रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । यसैगरी मौषम ढकाल र अविनाश बोहोराले दुई दुई विकेट लिँदा पुणर् विक र भुवन कार्कीले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो । एपीएफका लागि प्रज्वल शाही र आशिफ शेखले ओपनिङ गरेका थिए । यी दुईका बीचमा जम्मा १८ रनको साझेदारी भएको थियो । ४.१ ओभरमा शाही १५ बलमा १० रन बनाएर आउट हुँदा २ चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए । उनी आउट हुँदा एपीएफको स्कोर २३ रन भएको थियो । तेस्रो विकेटको रुपमा अर्का ओपनर आशिफ पनि व्यक्तिगत १५ रन बनाए आउट भएका थिए । उनले १९ बल खेल्दा २ चौका प्रहार गरे । एपीएफले चौथो विकेट १२.२ ओभरमा जम्मा ४१ रन बनेका बेला गुमायो । सुमित महजृन १८ बल फेस गर्दा ६ रन जोडेर आउट भएका थिए । पुणर् बम खाता नै नखोलेर आउट भएपछि पाँचौं विकेट पनि ४१ रनको स्कोरमा एपीएफले खेर फालेको थियो ।

एक इनबाट सन्दीप जोराले रन बनाउँला लगातार प्रहार गरेका थिए । जोरा र लोकेश बम मिलेर एपीएफको स्को १०० प्लस कटाए । १०७ रन भएका बेला बम ४२ बलमा २७ रनको पारि खेल्दै पभेलियन फर्किए । उनले १ छक्का प्रहार गरेका थिए । भुवन कार्की सातौं विकेटको रुपमा व्यक्तिगत १० रन बनाएर आउट भए । उनी आउट हुँदा एपीएफको स्कोर १२९ रन भएको थियो । आठौं विकेटका लागि अमरसिंह रौटेला र जोराले गतिलो साझेदारी गर्दै टिमको स्कोर २०० नजिक पुर्‍याएका थिए । टिमको स्कोर १९७ रन भएका बेला रौटेल ४६ बलमा २२ रनको पारि खेल्दै पभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका अभिनाश बोहोराले १७ बलमा १८ रनको नटआउट पारि खेले । एपीएफले नवौं विकेटको रुपमा शतक बनाएका सन्दीप जोरालाई गुमाउन पुग्यो । उनी निर्धारित ओभरको २ बल बाँकी हुँदा ११२ रन बनाएर रनआउट भए । जोराले ११७ बल फेस गर्दा ५ छक्का र ७ चौका प्रहार गरे ।

मौसम ढकाल १ रनमा नटआउट रहँदा एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४१ रन बनायो । बागमतीका सूर्य तामाङले ३ विकेट लिँदा प्रतिश जिसी र रिजन ढकालले दुई दुई विकेट लिए । यसैगरी सोनु देवकोटाको नाउँमा १ विकेट रह्यो ।
सन्दीप जोरा प्रधानमन्त्री कपको जारी प्रतियोगितामा शतक प्रहार गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि शनिबार राशिद खानले शतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्