नेप्से ३१.६२ अंकले बढ्यो

नेप्से ३१.६२ अंकले बढ्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकआज ३१.६२ अंकले बढेको छ । १.५१प्रतिशतले बढेर नेप्से २१२०.६२ विन्दुमा पुगेको छ।

आइतबार १ करोड ६६ लाख५हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४लाख रुपैयाँको हाराहारीमाकिनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज १२ कम्पनीको सेयरमा सर्किट स्तरको कारोबार भएको छ । ३१४कम्पनीमध्ये २१२कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यभने स्थिर रह्यो ।

आज सबैभन्दा बढी जलविद्युतकम्पनीका सेयर ४.५८ प्रतिशत, माइक्रोफाइनान्स १.९६, फाइनान्स १.५५ र अन्य २.७७प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा नेपालपुनर्बीमा कम्पनी अगाडि रह्यो । उक्तकम्पनीको संस्थापक सेयर ३५ करोड ६८ लाखको कारोबार भएको छ । दोस्रोमा रहेको सोनापुर मिनरल्सको २४ करोड, तेस्रोमा हाथवे इन्भेस्टमेन्टको ११ करोड ८३ लाखको कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख र अरुण काबेलीपावरको ११ करोडको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्