सुपर कपको उपाधि रियल मड्रिडलाई

<span class='c1'>सुपर कपको उपाधि</span> <span class='c2'>रियल मड्रिडलाई</span>

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार विहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४-१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो ।

स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे । रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल गर्दै अग्रता दिलाए । जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३-१ ले अघि बढेको थियो । ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४-१ ले अघि बढेको थियो ।

७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।
त्यसपछि थप गोल नभएप्छि शानदार जितका साथ रियलले सुपर कपको उपाधि कव्जा गर्न सफल भयो । जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ ।

सुपरकपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थामा रियल मड्रिड रहेको छ । बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्