एएफसी कप : प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

<span class='c1'>एएफसी कप : प्यालेस्टाइनविरुद्ध</span> <span class='c2'>इरानको शानदार जित</span>

काठमाडौं । एएफसी एशियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रता दोब्बर बनाएको थियो । मेहदी अब्दोलहामिद घयेडीले ३८ औं मिनेटमा गोल गरेपछि इरान एकतर्फीरुपमा अगाडि बढको थियो । पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल गरेपछि अन्तर ३-१ मा आएको थियो ।

सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरान ४- १को फराकिलो जित निकाल्न सफल भयो । समूह सीकै अर्को खेलमा युएईले हङकङमाथि ३-१ को जित निकालेको छ । युएईले जित निकाल्दा २ गोल पेनाल्टीबाट भएको थियो । भने हङकङले अन्त्यतिर गरेको गोल भारले मान्यता नदिँदा खेल रोमाञ्चक बनेको थियो । यो समूहमा इरान र युएईले स्पष्ट ३ अंक जोड्दै शीर्ष २ स्थानमा रहेका छन् । हङकङ र प्यालेस्टाइनले अंक जोड्न सकेका छैनन् ।

यस्तै समूह डीमा रहेको जापानले भियतनामलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार नेपाली समय अनुसार राति सवा ८ बजे समूह डीका इन्डोनेशिया र इराक भिड्ने छन् । यसैगरी समूह ईका कोरिया र बहराइनले सवा ५ बजे खेल्दा राति सवा ९ बजे मलेसिया र जोर्डन आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्