झापामा ‘माईमेला’

<span class='c1'>झापामा</span> <span class='c2'>‘माईमेला’</span>

काठमाडौं । झापाको कन्काईमा आज माईमेला लागेको छ । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला हेर्न कन्काईमाई किनारमा भक्तजनको घुँइचो लागेको हो ।

माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन् । झापाको शिवसताक्षी र कन्काई नगरपालिकामा रहेको कन्काई नदीको किनारमा लाग्ने माईमेलामा हजारौं तीर्थयात्रीको भिड लाग्ने गरेको छ । यो बर्ष अन्य बर्षभन्दा बढी भिडभाड रहेको कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले जाकारी दिए ।

कोशी प्रदेशको चर्चित र ठूलो माई मेलामा भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु आउने गर्दछन् । मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ ।

त्यसैले कन्काई नदीमा नुहाएर पूजाअर्चना गरे आफूले चिताएको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्