लाेभ त्यागेपछि मात्रै असल समाज बन्छ : मुख्यमन्त्री कार्की

<span class='c1'>लाेभ त्यागेपछि मात्रै असल समाज</span> <span class='c2'>बन्छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् ।

हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेकाे बताएका हुन् । ´समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूकाे कारण समाज पछि परेकाे छ,` उनले भने, ´अहिलेसम्म हुँदै आएकाे भाैतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षकाे बजेटबाट मानवीय विकास सुरू गरेका छाैं ।`

प्रदेश सरकारले प्रत्येक पालिकामा गरीव र विपन्न परिवारका १/१ जना विद्यार्थीलाई छाेराछाेरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सूरू गरिसकेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´गरीव परिवारका जेहेन्दार विद्यार्थीकाे चिकित्सा शिक्षा र इञ्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुराे रहँदैन,` उनले भने, ´त्यसकाे लागि प्रदेश सरकारले छात्रवृतिकाे व्यवस्था गरेकाे छ । चालू आर्थिक वर्षबाट नै छात्रवृतिमा एमबीबीएस र इञ्जिनियर पढाउन सुरू गरिरहेकाे छ ।`

प्रदेशभरिका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमकाे याेजना कटाैति गरेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´गाउँकाे मन्दिर छाेडेर पाथिभारा, बराह क्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेकाे छ,` उनले भने, ´त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने याेजना कटाैति गरेर पाथिभारा, हलेसी र बराह क्षेत्रमा बजेट राखेका छाैं । बर्जुलाई सहर बनाउन केसलीया काेरिडाेर निर्माण सुरू गर्न लागेकाे छु ।` बर्जु तालकाे पानी देखाएर हाेइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने याेजना ल्याउन लागेकाे उनकाे भनाइ थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्