अपांगतामैत्री सडक संरचना बनाउन माग गर्दै सर्वोच्चमा रिट

<span class='c1'>अपांगतामैत्री सडक संरचना बनाउन</span> <span class='c2'>माग गर्दै सर्वोच्चमा रिट</span>

काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको लागि पहुँचयोग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कानूनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूकोे लागि पहुँचयोग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँडडुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र शुसान्त विडारीले रिट दर्ता गरेका हुन् । उनीहरू कानूनका विद्यार्थी हुन् ।

सरकार र सरोकारवाला निकायले कानूनी व्यबस्थाको खिल्ली उडाइ सडक संरचना निर्माण गरेको र उक्त गैरकानूनी तवरबाट बनाइएको भौतिक संरचना तत्काल हटाइ पहुँचयोग्य निर्माण आवश्यक भएकोले उत्प्रेषण, परमादेशसहितको आदेश माग गरेको रिट दर्ता गर्नेमध्येका विक्रमले बताए । ‘सडकपेटीमा अपांगता भएका व्यक्तिलाई हिँड्न सहज छैन । अधिकांश सडकपेटीमा खाल्डाखुल्डी छन्, कतै ह्विलचियर नै नछिर्ने साँघुरा पेटी छन् । पेटीको बीचमा बिजुलीका पोल भेटिन्छन् । यसले पेटीबाट आउजाउ गर्न साधारण मानिसलाई समेत सकस हुन्छ,’ उनले भने, ‘यसरी राज्यले नै कानूनको खिल्ली उडाउन पाउँदैन ।’

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको छ ।

उनीहरूको रिपर सुनुवाईका लागि मंगलबार पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्