काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोला मा २ सय रुपैयाँले बढेर एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।