पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला

<span class='c1'>पहिचानको विषय पनि समाधान हुन्छ</span> <span class='c2'>: कांग्रेस नेता सिटौला</span>

टक्सार (भोजपुर) । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ ।

यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उहाँले राष्ट्रियसभाको निर्वाचनपछि यस विषयमा छलफल हुने बताउनुभयो ।

“यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ”, सिटौलाले भन्नुभयो, “माघ ११ गतेको निर्वाचनपश्चात् राष्ट्रियसभाले पूर्णता पाउनेछ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्नेछौँ ।” उहाँले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्”, नेता सिटौलाले भन्नुभयो । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्