१२ अंकले घट्यो नेप्से : हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता

१२ अंकले घट्यो नेप्से : हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ ।

मंगलबार ५४ अंकले बढेको नेप्से बुधबार १२.१० अंकले घटेर २१६३. ०६ विन्दुमा झरेर बन्द भएको हो ।दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको नेप्से बन्द हुने समयमा घटेको हो ।

तीन सय कम्पनीको कारोबार भएको दिन ६३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । एक सय ८० कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । कारोबारको यसदिन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर र फाइनान्सको सेयर उच्च अंकले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्