विराटनगर । सौन्दर्यकर्मीहरुका लागि फेसियल सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
द अर्किड फेमिली सलोनको आयोजनामा सम्पन्न भएको एक दिने फेसियल डेमो कार्यक्रममा भारतको दिल्लीबाट आएकी प्रशिक्षक जेनीले ६ वटा फेसियलको डेमो प्रदर्शन गरेकी थिइन् ।
डक्टर ब्लोसन कोचरको अरोमा म्याजिकको कम्पनीको कार्यशाला गरिएको द अर्किड फेमिली सलोनका सञ्चालिका रक्तिम जोशी (प्याकुरेल) ले जानकारी दिइन् ।
उनका अनुसार प्रशिक्षक जेनीले देखाइएको ६ वटा फेसियल डेमो स्किन केयर प्रोडक्ट हानिकार छैन । ‘प्रकृतिसँग सम्बन्धित रहेको सामग्री हर्बल होइन तर पनि हानिकार छैन ।’ उनले भनिन्,‘ यसमा विशेषज्ञ मेनेजर शम्भु कुमार झा, नेपालको वितरक अनुज चाँद र विराटनगरबाट राष्ट्रिय सौन्दर्य युनियन अध्यक्ष भलि सुब्बा , लगायत संस्थाको प्रतिनिधि साथै स्किन थेरापिस्ट आकाश अग्रवालको पनि उपस्थिति रहेको थियो ।’
कार्यशाला गोष्ठीमा १४० जना सहभागी रहेको समेत उनले जानकारी दिइन् । नि:शुल्क दिइएको कार्यशालाबाट सहभागीले राम्रो लाभ लिएको समेत उनको बुझाई छ । ‘पार्लरमा वर्कशप हुँदैन । प्रोडक्ट हुन्छ कसरी गर्ने स्किनलाई मेन्टेन के गर्ने र कसरी प्रयोग गर्ने ? स्किन खानपिनले गर्दा पनि नराम्रो हुन्छ यसलाई कसरी मेन्टेन्ट गर्ने खानपिनमा पनि ख्याल गर्नुपर्छ भन्ने कार्यक्रमकको उदेश्य पनि हो,’ उनले सुनाइन्,‘प्रोडक्टले मात्रै नभएर कसरी छालालाई केयर गर्ने भनेर प्रयोगशाला गरिएको हो र सौन्दर्यकर्मीहरुले पनि यस्तो खालको तालिम लिनुपर्छ भन्ने उदेश्य हो । ’
कार्यक्रममा सुनसरीको इटहरी, धरान र विराटनगरका सौन्दयकर्मीको उपस्थिति रहेको थियो ।