पेस्की फछ्र्यौटमा कडा बन्दै राखेप

<span class='c1'>पेस्की फछ्र्यौटमा कडा</span> <span class='c2'>बन्दै राखेप</span>

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फछ्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ ।

पेस्की तथा बेरुजु निकै बढेपछि राखेपले पेस्की तथा बेरुजु फछ्र्यौट कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य-सचिव टंकलाल घिसिङले बताए ।

कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेस्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ ।

यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए ।

कार्यदलका अनुसार विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेस्की छ । त्यसको फछ्र्यौट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख प्रतिवेदनमा उल्लेख छ ।

यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्