कतार एएफसी कपको राउन्ड अफ १६ मा

कतार एएफसी कपको राउन्ड अफ १६ मा

काठमाडौं । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ। घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो ।

कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । यसैगरी ताजकिस्तान र लेवनान एक एक अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन्। सवैले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । बुधबार राति कतारले ताजकिस्तानमाथि १–० गोल अन्तरको जित निकालेको हो । कतारले पहिलो हाफको १७ औं मिनेटमा अल्मोएज अलीको पासमा अकरम अफिफले गोल गरेपछि अग्रता लिएको थियो । उक्त अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंकका साथ अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टिम पनि कतार बनेको छ । यही समूहमा रहेका चीन र लेबनानले बुधबार नै बराबरी खेल्दै अंक बाडेका थिए।

अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्