आयुष्मानको सफलता बारे लण्डनको कम्पनीको अध्ययन

आयुष्मानको सफलता बारे लण्डनको कम्पनीको अध्ययन

मुम्बई । लण्डनको एक बिहेवरियल इनसाइट्स कम्पनी केनवसडले भारतमा अभिनेता आयुष्मान खुराना ब्राण्डको बारेमा अध्ययन गरेको छ ।

‘हाऊ एक्टर आयुष्मान खुराना ब्रिङ्स एडभोकेसी इन बलिउड’ शीर्षकमा गरिएको अध्ययनमा अभिनेता आयुष्मानले देशबासीकाबीच तालमेल मिलाएको उल्लेख गरिएको छ । त्यस्तै,कसरी उनी भरोसायोग्य र सबैभन्दा जागृत भारतीय व्यक्तित्व हुन् भन्नेमा केन्द्रीत छ । ‘फर्मुलाबद्ध फिल्मका लागि प्रख्यात फिल्म उद्योगमा खुरानाको बलिउड स्टारडमसम्मको यात्रा उल्लेखनीय छ । खुरानाको यात्राको एक महत्वपूणर् पक्ष भनेको उनले जोखिमपूणर् फिल्ममा काम गर्नु हो । उनले फिल्म ‘ड्रिम गर्ल’ मा एक क्रस जेन्डर अभिनेता, ‘डाक्टर जी’मा एक पुरुष स्त्री रोग विशेषज्ञ छात्र र ‘विक्की डोनर’मा एक नियमित शुक्राणु दाताको भूमिका निभाएका छन् । ती फिल्मका लागि उनले ‘हुन्छ’ भने जसलाई शायद अरुले अस्वीकार गरिरहेका थिए या विचार पनि गरेका थिएनन्’, आयुष्मानको प्रभावलाई दर्शाउँदै अध्ययनमा भनिएको छ ।

आयुष्मान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एकका रुपमा दुई पटक टाइम म्यागेजिन पुरस्कार विजेता हुन् । ‘खुरानाको लोकप्रियता लगातार बढिरहेको छ । यसअघि टाइम म्यागेजिनले सन् २०२० मा विश्वकै सय प्रभावशाली व्यक्तिहरुको सूचीमा समेत आयुष्मानलाई समावेश गरेको थियो । युनिसेफका लागि उनले बाल अधिकार सक्रियतामा सन् २०२३ मा टाइम १०० इम्प्याक्ट अवार्ड पनि पाएका छन् ।

उनको ११ वर्षको करियरमा कैयौं प्रशंसित फिल्ममा अभिनय गरेका छन्, जसको श्रेय उनी समाजमा गहिराईसँग जोडिएका आफ्नो भूमिकालाई दिन्छन्’, अध्ययनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्