दुर्गा प्रसाईमाथि हातपात प्रयास, एक जना पक्राउ

दुर्गा प्रसाईमाथि हातपात प्रयास, एक जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि बागलुङमा हातपात प्रयास भएको छ ।

बिहीबार कार्यक्रममा जानेक्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रसाईलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए ।

प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा मेची-महाकाली दौडाहा गरिरहेका छन् । यही कार्यक्रमका लागि उनी बागलुङ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्