जिम्बाबेविरुद्धको सिरिज श्रीलंकालाई

जिम्बाबेविरुद्धको सिरिज श्रीलंकालाई

काठमाडौं । जिम्बाबेविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले जितेको छ ।

बिहीवार राति कोलम्बोमा भएको खेलमा श्रीलंकाले जिम्बाबेलाई ९ विकेटले पराजित गर्दै सिरिज २-१ ले जित्न पनि सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली जिम्बाबे १४.१ ओभरमा सवै विकेट गुमाएर ८२ रनमा समेटिएको थियो । जिम्बाबेलाई सस्तैमा समेट्न वानेन्दू हसरंगाले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएका थिए । यसैगरी महेश तिक्ष्णा र एंगेलो म्याथ्युजले दुई दुई विकेट लिँदा दिलसान मधुसनका र धनञ्जय डी सिल्भाले एक एक विकेट लिए ।

जिम्बाबेका ब्रेन बेनेटले सर्वाधिक २९ रन बनाउँद्या सिन विलियम्सले १५ रन बनाए । यस्तै, तिनेश कामुनुकम्बेले १२ रन बनाएका थिए । कप्तान सिकन्दर राजाले १० रन बनाउँदा अरुको प्रदर्शन विर्सन लायक रह्यो । ८३ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको श्रीलंकाले १ विकेट गुमाएर १०.५ ओभरमा पूरा गरेको थियो । श्रीलंकाका पथुम निसनकाले ३९ रनको नटआउट पारि खेल्दा उनलाई धनञ्जय डी सिल्भाले १५ रन बनाएर साथ दिए । कुशल मेन्डिस भने ३३ रन बनाएर पभेलियन फर्किएका थिए ।

जिम्बाबेका सिन विलियम्सले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्